समाचार

    डुबेर तीन जनाको मृत्यु

    रासस
    २०८३ असार ७ | बिहान ११:०३ बजे

      सुर्खेत ।  सुर्खेत र दैलेखमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

      यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।

        कमेन्टहरु