‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’

एजेन्सी
२०८३ असार १ | मध्यान्ह १२:०३ बजे

वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग हुन लागेको सम्झौताले पश्चिम एसियाको भविष्यलाई आगामी ५० वर्षका लागि आधारभूत रूपमा परिवर्तन गर्न सक्ने बताएका छन् । विश्वको यो भूभाग मेरो सम्पूर्ण जीवनकाल र त्यसअघि पनि समस्याग्रस्त रहँदै आएको छ,’ आइतबार फक्स न्युजलाई दिएको अन्तरवार्तामा भान्सले भने ।
‘अब हामी पश्चिम एसियामा समृद्धि र सफलताको नयाँ चरणतर्फ अघि बढ्न सक्छौँ,’ उनले भने । यस प्रक्रियाबाट अमेरिकी जनताले पनि आर्थिक लाभ प्राप्त गर्न सक्ने उल्लेख गर्दै पश्चिम एसियामा स्थायित्व र आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुल्ने विश्वास उनले व्यक्त गरे ।





