एक्काइस किलो गाँजासहित एक जना पक्राउ

रासस
२०८३ जेष्ठ ३१ | बिहान ११:०२ बजे

सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।





