मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरा हुँदै हुम्ला जाने कर्णाली करिडोर सडक खुल्ला, माग पूरा नभए पुनः बन्द गरिने

    उमेश रोकाया
    २०८३ जेष्ठ ३० | बिहान ११:०२ बजे

      बाजुरा , जेठ ३० । बाजुरा देखि हुम्ला जाने कर्णाली करिडोर सडक खुल्ला गरिएको छ । बाजुराको रानीसैन क्षेत्र लाम्पाटामा भएको कुटपिटको घटनालाई लिएर बाजुराबासीहरुले सडकखण्डमा बिहीवारबाट यातायात अवरोध गरेका थिए ।

      बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर भएको घटनामा संलग्न व्यक्तिहरुलाई हालसम्म पनि कारबाही नगरिएको भन्दै अनिश्चितकालका लागि अवरुद्ध सडक आज बिहान ८ बजे खुल्ला गरेका छन् ।

      जेठ ९ गते बाजुरा जिल्लाका सम्पूर्ण पार्टी प्रतिनिधिहरुको बैठक बसेर गरिएको निर्णयअनुसार लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा हुम्ला जिल्लाका नागरिकहरुको दैनिक जीवनमा परेको असर तथायात्रुहरुले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै आजसम्म बन्द राखिएको राजमार्ग मानवीय संवेदनालाई ध्यानमा राखी ३ दिनका लागि सडक अवरोधको कार्यक्रम स्थगित गरिएको छ ।

      यदि बाजुराबासीको धैर्यता सहनशीलता र मानवीय संवेदनाप्रतिको जिम्मेवारीलाई कमजोरीको रूपमा लिईरानिसैन पीडित संघर्ष समितिका माग सम्बोधन नभएको खण्डमा असार २ मंगलबारका दिनपछि संघर्षका कार्यक्रमलाई निकास ननिस्केसम्म अनिश्चितकालीन बन्द गर्ने सम्बन्धित निकायलाई चेतावनी गराएका छन।

      रानीसैन पीडित संघर्ष समितिका अध्यक्ष विनोद बुढा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की प्रहरी निरीक्षक विक्रम शाह सशस्त्र प्रहरी निरीक्षक प्रदिप रावत सहायक निरीक्षक नरेश सिंह कुवर समिति सदस्य दल बहादुर मल्ल, गजेन्द्र मल्ल, अमलाल कार्की लगायत सहभागिता थिए ।

        कमेन्टहरु