देश

    मधेश भवनभित्र बडहरको रुख ढलेपछि विद्युत अवरुद्ध

    जगत ठाडा मगर
    २०७८ भदौ १० | मध्यान्ह ०२:०५ बजे

      जनकपुरधाम, १० भदौ । प्रदेश नम्वर २ स्थित मधेश भवनभित्र अविरल वर्षाका करण एउटा रुख ढलेपछि विहानै देखि विद्युत अवरुद्ध भएको छ ।
      photo 2021 08 26 14 22 25

      मधेश भवनभित्रको एउटा रुख ढलेपछि विद्युतको पोल भाँचिदा विद्युत अवरुद्ध भएको हो । आज बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको निवासको पर्खाल समेत भत्किएको छ ।

      मन्त्रीका स्वकीय सचिव नवनीत झाले भने, ‘रुखले ठूलो पिलर भएको पर्खाललाई भत्काएको छ भने विद्युतका पोल समेत ढलेको छ ।’ स्वकीय सचिव झाका अनुसार झण्डै ५० फिटको रुख एक्कासी ढलेको हो ।

      जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने निवास पनि यहींभित्र बनाएको छ ।

        कमेन्टहरु