देश

    एसीड पीडित आरतीलाई पाँच लाख आर्थिक सहयोग

    जगत ठाडा मगर
    २०७८ भदौ १० | मध्यान्ह ०१:०५ बजे

      जनकपुरधाम । एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

      एसीड पीडितसँग सौतेली व्यवहार गर्ने मुख्यमन्त्री लालबाबु राउतले ९ महिना पश्चात आरतीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । व्यापक आलोचना पश्चात मुख्यमन्त्री राउतले पीडित साहलाई बिहीबार बिहान आर्थिक सहयोग गरेका हुन्।

      पतिबाट सम्बन्ध बिग्रीए पछि माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको बेला आरतीलाई पति संजिवले एसिड प्रहार गरेका थिए। एसीड आक्रमणबाट घाइते भएकी आरतीको बायाँ आँखा र कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ ।

        कमेन्टहरु