पश्चिम नवलपरासीको किसानले र्यालीसहित बुझाए ज्ञापन पत्र


बिनाेद मण्डल
परासी । भदौ १० । बाढीपीडित किसानको मर्का नबुझेपछि विशाल र्याली निकालेर जिल्ला प्रशासन कार्यालय पस्चिम नवलपरासीमा ३ बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई किसानहरूले ज्ञापन पत्र बुझाएका छन् ।

पस्चिम नवलपरासीको बाढी नियन्त्रण समवन्य समितिको आयोजना तथा नवलपरासी युवा समाजको सहयोगमा आयोजित विशाल र्याली परासीको बाइपास देखि शुरू भएको किसानहरूको लहर बुद्ध चोक परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा ( १) बाढी नियन्त्रणका उपायहरू तत्काल अबलम्बन गर्नुपर्ने (२) बाढीपीडितले बैंकबाट लिएको ऋण, ब्याज र कर मिनाहा हुनुपर्ने (३) नष्ट बालिनालिको क्षतिपुर्ति दिनुपर्ने लगायतका माग गर्दै जुलुस निकालेका छन् ।
किसानको समय सान्दर्भिक मागहरु राखेर करिब ६० वर्षदेखि सरावल, प्रातापपुर, पाल्हीनन्दन लगायतका हजारौं किसानहरु बर्सेनि डुबानमा परिरहँदा कानमा तेल हालेर बेखवर बनेका किसानको समस्याप्रति गम्भीर नबनेका निकायको ध्यााकर्षणको लागि “राहत होइन ,समाधान देउ ” भन्ने नारा सहित प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको नवलपरासी यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले बताएका छन् ।






