राजनीति

    रास्वपा काठमाडौँमा राजा शाक्य निर्वाचित

    रासस
    २०८३ जेष्ठ २४ | बिहान ०९:०२ बजे

      काठमाडौँ, जेठ २४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ ।निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाउनुभएको छ ।

      उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित हुनुभएको छ ।

        कमेन्टहरु