समाचार

    ललितपुरको फूलचोकीमा हराएका चारजनाको सकुशल उद्धार

    नवलपुर टुडे
    २०८३ जेष्ठ २४ | बिहान ०६:०२ बजे

      ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फूलचोकी क्षेत्रमा घुम्न गएका एक युवतीसहित चारजनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

      शनिबार दिउँसो फूलचोकी क्षेत्रमा दुई विद्यार्थी हराएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धारकार्यमा खटिएको थियो ।

      जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बागबजारस्थित एसएस एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित १४८ जनाको टोली फुल्चोकी भ्रमणमा गएको थियो । सोही क्रममा दुई विद्यार्थी समूहबाट छुट्टिएका थिए । त्यस्तै, अर्को छुट्टै चार सदस्यीय समूहका दुईजना पनि फुल्चोकी झरना क्षेत्रमा अलपत्र परेका थिए ।

      प्रहरीले खोजी गर्ने क्रममा फुल्चोकी झरना क्षेत्रमा अलमलिएका चारै जनालाई फेला पारी सकुशल उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरूलाई शनिबार साँझ आफन्तको जिम्मा लगाइएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

        कमेन्टहरु