गजल (१८ अक्षेरे )

नवलपुर टुडे
२०७७ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे
झुप्रेघरमा हेर्दा माकुराको जालो हुन्छ हजुर
हिङ नभए नि हिङ बाँधेको टालो हुन्छ हजुर
मुखमा रामराम बगलीमा छुरा राख्नेहरूको
लुगा सफा मन चाहिँ सार्है कालो हुन्छ हजुर
कहिले लाग्छ मेरो देश यो उन्नति र प्रगतिमा
देश लुट्न तँछाडमछाड र पालो हुन्छ हजुर
देशलाई यहाँ कसको बाउको बिर्ता ठान्नु हुन्न
देश बनाउन बग्ने रगत आलो हुन्छ हजुर -लेेेखक: डम्बर थामी (अनुपम)
दिनाङ्क : ५ जुलाई २०२०, पराईभूमी






