देश

    उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

    नवलपुर टुडे
    २०८३ जेष्ठ २० | मध्यान्ह ०३:०२ बजे

      काठमाडौँ । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

      उनले सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो ।मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।
      प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ ।

        कमेन्टहरु