मौसम

    आजको मौसम: केही स्थानमा बर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८३ जेष्ठ २० | बिहान ०६:०२ बजे

      काठमाडौं । देशका केही भूभागमा आज तातो दिन हुँदा केही स्थानमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

      हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।

      विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।  तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

      हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

       

       

        कमेन्टहरु