समाचार

    खच्चामा सुक्खा पहिरोले सडकखण्ड अवरुद्ध

    नवलपुर टुडे
    २०८३ जेष्ठ १४ | बिहान ०६:०२ बजे

      सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।

      माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

      दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको र सो पहिरो पन्छाउने कार्य हुन नसकेको कारण सडक अवरुद्ध रहेको हो ।

      पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।  

      सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । यातायातका साधन खच्चा र सर्केगार्डमा रोकिएका छन् । उक्त स्थानमा पटकपटक  सुक्खा पहिरो खस्दै आएको छ ।

        कमेन्टहरु