देश

    नवलपरासीको अदालतबाट कैद सजाय तोकिएका अभियुक्त २२ वर्ष पछि पक्राउ

    जगत ठाडा मगर
    २०७८ भदौ ८ | बिहान १०:०५ बजे

      सुरेश यादव
      नवलपरासी । २२ वर्षदेखि फरार रहेका १ जना अभियुक्त जिल्लामा पक्राउ परेका छन् । प्रहरीले तिनलाइ पक्राउ गरी जिल्ला अदालत नवलपरासी पुर्याएपछि अदालतले जेल पठाएकाे हाे ।

      जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम प्रहरीले तिनलाई २०७८ भदाै ४ गते रामग्राम नगरपालिका वडा नं ११ बाट पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा साविक दाउन्ने देवी गाविस वडा नं ५, हाल बर्दघाट नगरपालिका वडा नं १४ बस्ने वर्ष ६० का साहेव चौधरी रहेका छन् ।

      २०५६ साल माघ १९ गते चाैधरीलाई नवलपरासी जिल्ला अदालतबाट सवारी ज्यान मुद्धामा फैसला भई तत्काल १ वर्ष, ११ महिना, ५ दिन कैद सजाय तोकिएकाे थियाे तर तिनी साेही मितिदेखि फरार रहेका थिए ।

      नवलपरासी जिल्ला अदालतले चाैधरीलाई २०७८ भदाै ७ गते कैद भुक्तानको लागि कारागार पठाएकाे छ ।

        कमेन्टहरु