देश

    सिराहामा गाडी दुर्घटना हुदा १० जना दर्जन घाईते, घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार गर्दै

    जगत ठाडा मगर
    २०७८ भदौ ७ | मध्यान्ह ०३:०५ बजे

      विनोद मण्डल
      सिराहा । धनगढीमाई नगरपालिकाको कशहा र आरके मेडीसिटी अस्पतालको केही पक्षिममा स्कारपीओ र पिकअप भ्यान एक आपसमा ठोकिएका छन् ।

      इलामबाट काठमाडौंतिर आउँदै गरेको स्कारपीओ नम्बर १७ च ९९६५ नम्बरको गाडी र वीरगंजबाट धरान तर्फ जाँदै गरेको पिकअप भ्यान नम्बर प्रदेश २-०३-००१ च ७४१ एक आपसमा ठोकिदा दर्जनौं घाइते भएका छन् ।

      घाइतेहरूको नामवली क्रमश:
      १ , प्रकाश ढकाल ,काठमाण्डौ ।
      २, राधेश्याम सापकोटा ,काठमाण्डौ
      ३, उमेश सुवेदी ,दक्षिणकाली
      ४, किशोर कुमार पोखरेल ,धरान
      ५, चिरञ्जीवी सापकोटा ,काठमाण्डौ
      ६,सरोज पौडेल , काठमाण्डौ
      ७, विजय कुमार भुजेल , गौशाला
      ८, राजु नगरकोटी , दक्षिणकाली
      ९, देवेन्द्र सुवेदी , दक्षिणकाली
      १०, दीपक हमाल ,काठमाण्डौ

      आज बिहान ११ बजे भएको उक्त घटनामा गम्भीर घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजु नगरकोटीलाई अस्पतालले बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

        कमेन्टहरु