समाचार

    ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

    रासस
    २०८३ जेष्ठ ७ | मध्यान्ह ०६:०२ बजे

      काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नाै विदेशी नागरिक पक्राउ परेका छन्।प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाैँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।

      ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

        कमेन्टहरु