विश्व

    सीले भनेको रचनात्मक, रणनीतिक र स्थिर सम्बन्धको अर्थ के हो ?

    एजेन्सी
    २०८३ बैशाख ३१ | मध्यान्ह ०५:०१ बजे

      बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध बनाउन चाहेको बताएका छन् । चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

      राष्ट्रपति सीले भन्न खोजेको कुरा के हो ? चिनियाँ विज्ञहरूका अनुसार यस अभिव्यक्तिले अमेरिका र चीन बिचको सम्बन्ध सहज नभए पनि त्यसलाई नियन्त्रणबाहिर जान नदिने बेइजिङको सोचलाई जनाउँछ ।

      ‘अमेरिका चीनको साझेदार होइन, न त सहयोगी हो, यसको अर्थ हामी उसलाई शत्रु बनाउन चाहन्छौँ भन्ने पनि होइन, न त यसका कारण हामी उसँग युद्ध, टकराब नै चाहन्छौँ,’ बेइजिङस्थित सिङ्घुआ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक दा वेईले भने । चीन युद्ध वा विभाजनमा परिणत हुनबाट जोगिन चाहन्छ र अमेरिकासँग सम्बन्ध निर्माण गर्न स्थिर आधार चाहन्छ भन्न खोजेको वेईले बताए ।

      तर चीनका रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ शिन यिन्हले सिको अभिव्यक्ति ‘सस्तो राजनीतिक भाषण’ मात्र हुनसक्ने बताए । दुवै पक्षले के–कस्ता सम्झौता र सहमति गर्ने तथा सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने स्पष्ट नभएसम्म यस्तो अभिव्यक्ति ‘सस्तो राजनीतिक भाषण’ मात्र हुनेमा उनले जोड दिए । 

        कमेन्टहरु