प्रबास

    ट्रम्प र सी बिचकाे भेटअघि अमेरिका–चीन व्यापार वार्ता

    एजेन्सी
    २०८३ बैशाख ३० | मध्यान्ह ०३:०१ बजे

      बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । यस भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सी जिनपिङलाई भेट्दैछन् ।

      ट्रम्प र सीबिच हुने उच्चस्तरीय शिखर बैठकअघि अमेरिका र चीनका व्यापार प्रतिनिधिहरूले ‘रचनात्मक’ वार्ता गरेको चिनियाँ राज्य सञ्चारमाध्यमले जनाएको छ ।

      समाचार संस्था सीसीटीभीका अनुसार दक्षिण कोरियामा बुधबार भएको छलफलमा दुवै पक्षले आर्थिक तथा व्यापारिक मुद्दामा ‘स्पष्ट, गहिरो र रचनात्मक’ विचार आदान–प्रदान गरेका थिए । तर छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व हे लिफेङ्गले गरेका थिए । 

        कमेन्टहरु