प्रबास

    कोभिडकालमा उडान रद्द प्रकरण : रायन एयरमाथिको ४९ लाख डलर जरिवाना खारेज

    एजेन्सी
    २०८३ बैशाख ३० | मध्यान्ह ०३:०१ बजे

      रोम । इटलीको सर्वोच्च प्रशासनिक अदालतले आइरिस विमान सेवा प्रदायक कम्पनी रायन एयरमाथि लगाइएको ४२ लाख युरो (करिब ४९ लाख ३० हजार अमेरिकी डलर) जरिवाना खारेज गरेको छ ।

      अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीको प्रतिस्पर्धा हेर्ने नियामक निकायले कोभिड–१९ महामारीका बेला उडान रद्द गरेको विषयमा रायन एयरलाई उक्त जरिवाना लगाएको थियो । रायन एयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओलियरीले अदालतले नियामक निकाय एजीसीएमले अन्य एयरलाइन्सको तुलनामा रायन एयरमाथि फरक मापदण्ड लागू गरेको ठहर गरेको बताएका छन् ।

      ओलियरीले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई नियामक निकायमा तत्काल सुधार गर्न आग्रह गरेका छन् । उनले डिसेम्बरमा एजीसीएमले लगाएको अर्को २५६ मिलियन युरो जरिवानाविरुद्ध पनि रायन एयरले अपिल गरिरहेको जानकारी दिए । 

        कमेन्टहरु