दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु

रासस
२०८३ बैशाख ३० | मध्यान्ह ०१:०१ बजे

महाराष्ट्र । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ । स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका काराण पीडित भएको जनाइएको छ ।
उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भई सकेको छ ।





