सिंहदरबार बैठकले दियो कानुनी बाटो

नवलपुर टुडे
२०८३ बैशाख ३० | मध्यान्ह ०१:०१ बजे

काठमाडौँ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बिहान बसेको बैठकले चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ लाई स्वीकृत गर्नुका साथै विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ।
यसैगरी, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यका रूपमा प्रतिनिधि सभा सदस्यद्वय सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय भएको छ।बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई समेत स्वीकृत गरेको छ।





