फुटबल खेल मैदान धान खेतमा परिणत खेलाडीको बिचल्ली

जगत ठाडा मगर
२०७८ भदौ ६ | बिहान ०८:०५ बजे

सिराहा । सिरहाको फुट्बल खेल मैदानमा धान रोपेर खेतमा परिणत भएको च । साविकको खेल मैदान हाल आएर धान उब्जनिको अड्डा बनेको छ ।

सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ सररे खोलामा रहेको खुल्ला चौर अर्थात् पर्ती जग्गा करिब ३०० मीटर लम्बाई र २०० मीटर चौडाईको खोला किनारको साविक देखिको पर्ती जग्गालाई स्थानिय युवाहरुले विगतदेखि फुटवल खेल मैदानको रूपमा प्रयोग गर्दै आएको थियोे ।
अहिले स्थानियले ट्राकटरले जोतेर खेत बनाएपछि खेलाडीहरू बिचल्लीमा परेको अवस्थामा सम्बन्धित निकाय वडा कार्यालय, जिल्ला भु सँरक्षण कार्यालय र स्थानिय राजनीतिक कार्यकर्ताको मौनता प्रति खेलाडीहरू आक्रोशित भएका छन् ।





