देश

    मिडियाको रकमहिनामिना, अख्तियार संग छानविनको माग

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | मध्यान्ह ०६:०५ बजे

      विनोद मण्डल
      सिराहा । प्रदेश नं २ मा सञ्चार क्षेत्रमा विकासको लागि आएको रकमको चरम दुरुपयोग हुन थालेपछि मिसनले छानविनको माग अगाडि बढाएको छ ।

      शनिबार एक प्रेस विज्ञप्ति जारी गरि प्रदेश नं २ सरकारले मिडिया क्षेत्रको लागि विनियोजन गरेको करोडौंको बजेट नक्कली बिल भरपाई तयार गरी दुरुपयोग गरेको आरोप छ ।

      स्थानिय जनप्रतिनिधि, स्थानिय निकायमा कार्यरत अधिकृत, लेखापालको मिलेमतोमा मिडियाको विकासको लागि सरकारले छुट्याएको रकम स्थानिय तह, सरकारी, गैस सरकारी, संघ संस्था, सरोकार बाहिरका व्यक्ति, लगायतले आपसी मिलेमतोमा कमिसनमा रकमको व्यापक दुरुपयोग गरी असार मसान्तमा चलाएको पत्रकारिता तालिममा भएको खर्च विवरणको छानबिन गर्न मधेश मिडिया मिसन केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति मार्फत अख्तियार दुरुपयोग अनुसंधान आयोगसँग माग गरेको छ ।

        कमेन्टहरु