पत्रकार मोजिबुलाहलाई प्रहरीले नै लागू औषध राखेर फसाएको खुलासा


रौतहट । प्रहरीको बिरोधमा समाचार लेखेपछि एकजना पत्रकारलाई प्रहरीले फसाएको रहस्य खुलेको छ । प्रहरीको बिरोधमा एक स्थानीय अनलाईन न्युज पोर्टलमा समाचार आएपछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फसाउन उनले चढने गरेको मोटर साईकलमा लागु औषध राखेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको पुष्टी भएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको छ ।
प्रहरीको बिरोधमा समाचार लेखेको भन्दै पत्रकार मुजिबुल्लाह र अर्का एकजनालाई प्रहरीले साउन ३२ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यलय रौतहटले सादा पोसाकमा परिचालन गरेका घुमुवा असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले होटेल बाहिर पार्किङ गरि खाजा खान गएका पत्रकारको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ ।
असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन ।





