देश

    आफ्नै दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | मध्यान्ह ०६:०५ बजे

      जनकपुरधाम । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् ।सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

      ‘दुबै दाजुभाइको झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’

        कमेन्टहरु