युवा नेता याेगेन्द्र चाैधरीद्वारा रक्षा बंधनको शुभकामना तथा स्वास्थ्य मापदण्डको पालन गर्न आग्रह

जगत ठाडा मगर
२०७८ भदौ ५ | बिहान ११:०५ बजे

कपिलवस्तु । युवा नेता याेगेन्द्र चाैधरीले रक्षा बन्धन र जन्म अष्टमीकाे सम्पूर्ण नेपालीहरुमा सुख र समृद्धिकाे लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
हिन्दुहरुको महानपर्व रक्षा बन्धन तथा जन्म अष्टमीको अवसरमा युवा नेता र जनमत पार्टीका केन्द्रीय सदस्य याेगेन्द्र चाैधरीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालनका साथ आ-आफ्नो चडापर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनको लागि आग्रह गरेका छन ।





