देश

    खाेटाङमा केपिलासगढिको सिङ्गो गाउँनै एमालेमा प्रबेश

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | बिहान ११:०५ बजे

      सन्तोष पौडेल
      खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका -१ फेदिमा कांग्रेस माओबादी र जसपामा क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार फेदीको शुक्रबारेमा स्थानीय पार्टी कमिटिले आयोजना गरेको छलफल तथा पार्टी प्रबेश कार्यक्रममा एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेका हुन् ।
      photo 2021 08 21 11 34 56

      नेपाली कांग्रेसका गाउँपालिका उपसभापती लक्ष्मी राई, वडा सभापती मधुराज राई, जसपाबाट वडा अध्यक्षका उम्मेद्वार ज्ञानकुमार राई, कांग्रेस पार्टी कमिटिका दुईजना सचिव (क) पदम राई र (ख) राजन राई, माओबादी खार्तम्छाका ईन्चार्ज चन्द्रकुमार राई लगाएत, एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले खोटाङका सचिवालय सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो । अध्यक्ष राईले भन्नु भयो,“को कता भन्ने हामि जान्दैनौँ नेकपा एमाले सुर्य चिन्नह र जबज जिबनभर छोड्दैनौँ र अरुलाई पनि एमालेमा एक ढिक्का भएर लाग्न आग्रह गर्दछु।”

      देउबा सरकारले २० प्रतिशत संख्या पुग्दा पार्टी फुट्न पुग्ने अध्यादेश ल्याएपछी एमालेमा रहेका माधब नेपाल समुह टुक्रीए पनि एमाले भने झन मजबुद बन्दै गएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी र जसपाभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको बेला नेता तथा कार्यकताले असन्तुष्टि जनाउँदै देशभर एमालेमा प्रवेश गर्नेको लहरनै चलेको छ ।

      photo 2021 08 21 11 34 58

      “मन पराँए, मायाँ लाएँ , मैले के बिराए ’’ भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले ) मा सकृय हुने घोषणा गर्दै सिङ्गो गाउँनै एमालेमा प्रबेश गरेको नेकपा एमाले संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईले बताउनु भएको छ । पार्टी प्रबेश कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै सचेतक भट्टराईले भन्नुभयो, “कन्फरटेवल सरकारले अध्यादेश ल्याएर पार्टी फुटाए पनि जनताको मन, मष्तीस्कमा एमालेनै रहेको छ ।”

      photo 2021 08 21 11 34 59

      उहाँले भन्नुभयो,“ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन्,यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन ।” राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै सचेतक भट्टराईले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी समेत गर्नुभयो ।

      राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नपालले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाउनुभयो ।

      photo 2021 08 21 11 35 01
      कार्यक्रममा एमाले प्रदेश सदस्य पाँचकर्ण राई (पिके), पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगाल, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिराकुमारी बन लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

      कार्यक्रममा एमालेबाट निर्वाचित वडा अध्यक्ष लगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो ।

      photo 2021 08 21 11 34 55

        कमेन्टहरु