पुर्ब गृहमन्त्री बादल र सचिव प्रेमकुमार राईले गरे डेढ करोड सुराकी खर्च

जगत ठाडा मगर
२०७८ भदौ ५ | बिहान ०८:०५ बजे

काठमाडौ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्री थापाले ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यससम्बन्धी कुनै कानुन नभएपछि मन्त्रिपरिषद्को एक निर्णयका आधारमा गृहमन्त्रीले दैनिक ५० हजारसम्म तथा गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् ।





