देश

    कबिता “शब्दहरूको विरासत”

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | बिहान ०८:०५ बजे

      आँखामा आउने सपनाहरू
      परेलीले छाउने तिर्सनाहरू
      उस्तै उस्तै
      जीवन रेखा नकोरिए जस्तै
      मन दुखाउने र दुख्नेहरूको
      लाईन छ यहाँ
      सबै जना उस्तै उस्तै(२)

      सबैलाई भोली आफन्ती चाहिन्छ
      गोरेटो, दोबाटो, चौबाटोमा
      छुटिनु र जोडिनु त छदै नै छ
      भावीको नियमको खेल त्यो
      पनि मज्जाले स्विकारिन्छ
      अनुभूती र सहानुभूतिमा
      प्रत्याभूतिको सान सबै तिर
      सबै वर्णानुसार उस्तै उस्तै(२)

      मनको बहको अविरल यात्रामा
      मन उसैलाई पोखिन्छ
      उनी अथवा उनैसंग साटिन्छ
      जीन्दगीको सहयात्रा र सहयात्री
      उनी/उनै संग नै गरिन्छ
      कहिले जीवन व्यक्तिगत
      कहिले जीवन पारिवारिक
      कहिले जीवन सामाजिक
      रूपान्तरित तिरको वर्गीकृत
      कहिले जीवन राजनैतिक फड्कोतिर
      कहिले जीवन राष्ट्रीय जनलहरतिर
      तर भावना र विचारको तटस्थ
      अभाव बिनाको अदम्य साहस
      यही त हो जीन्दगी अर्थ्याउने
      पाटो र माध्यमहरू सबै उस्तै उस्तै(२)

      खोलीको किनारमा बगेको
      पानीको वेगमा डुंगा तैरिन्छ
      या तैरिदैन उही कुराको समीक्षा हरदम
      धमिलो या शुद्ध पानीको मापन गर्दैन
      डुंगा माथि अवतरण गरिरहने यात्रीले
      बग्ने दिशाको दिशान्तर हेर्दैन
      यहाँ दर्शक बन्ने कसैले
      जलको महत्व बुझ्दैन
      तिम्रो र मेरो मनस्थितिले
      त्यसैले सबै (उस्ताको उस्तै)२

      अनमोल अति नै किम्ती
      सार बोकेको छ
      न देखिन्छ न देखाईन्छ
      न लुप्त न उदाङगो छ
      शब्द भण्डारण लेखाजोखा
      वर्णविन्यासले पनि गर्दैन
      वर्गीकरण र वीजगणितको
      खै कसले पो अध्ययन गर्छ
      त्यसैले म भन्छु यहाँ
      सबै उस्ताको उस्तै(२)

      शुभ बिहानी!
      शुभ दिन!!❤️????
      २०७८ भाद्र ५
      हिरा थामी( कोहीनुर)
      सिन्धुपाल्चोक

        कमेन्टहरु