देश

    यादवचन्द्र शर्मा बागमतीको प्रदेश प्रमुखमा नियुक्त

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | बिहान ०८:०५ बजे

      काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

      मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शुक्रवार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

      नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

        कमेन्टहरु