समाचार

    रुखबाट लडेर वृद्धको मृत्यु

    रासस
    २०८३ बैशाख १७ | बिहान १०:०१ बजे

      बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन् ।

      उनी जिल्लाका अग्रणी किसान रहेका थिए ।

        कमेन्टहरु