देश

    सिरहाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ भदौ ३ | मध्यान्ह ०८:०५ बजे

      रामनारायण यादव
      जनकपुरधाम, ०३ भदौ । सिरहाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      सिरहाको लहान नगरपालिका वडा नम्वर २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, सोहि नगरपालिका वडा नम्वर ५ बस्ने ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र यादवलाई पक्राउ गरेको छ ।

      बिहीबार दिउँसो उनीहरुको साथबाट ८ ग्राम अबैध लागुऔषध सहित तीनै जनालाई पक्राउ गरेको छ ।
      प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलिले शंका लागि चेक जाँच गर्दा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

      पक्राउ परेका तीनै जना अहिले इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

        कमेन्टहरु