देश

    वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा

    नवलपुर टुडे
    २०८३ बैशाख ११ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं, वैशाख ११। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् ।

      “अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,” प्रधानमन्त्री बालेनले लेखेका छन् ।

        कमेन्टहरु