देश

    दार्चुलामा डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद

    जगत ठाडा मगर
    २०७७ कार्तिक ३ | बिहान ०८:०७ बजे

      कैलाली । दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको प्रहरीले बताएका छन् ।

      जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

      उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए ।

      बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको विष्टले जानकारी दिए ।

        कमेन्टहरु