कर्णाली प्रदेश, कृषि, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, शिक्षा, समाज, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

    नेपालमा आयुर्वेद चिकित्सा पद्धतिको सन्दर्भ

    याम बहादुर थापा मगर
    २०८३ बैशाख २ | मध्यान्ह ०१:०१ बजे
    डा.सरोज पन्थी ,आयुर्वेद चिकित्सक/याम बहादुर थापा मगर धौलागिरी आयुर्वेद अस्पताल, बागलुङ

      आलेखको आराम्भ

      आयुर्वेद चिकित्सा पद्धति प्राचिनकालदेखि नै स्वस्थ,सबल,रोगमुक्त जीवनको चिन्तनद्धारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । मंगलदायी प्रेरणाको मुलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ । नेपाल सरकारले खासै चासो र चिन्ता नदिएको आयुर्वेद चिकित्सा प्रणालीमा जन समुदायबाट समेत उपचार केन्द्रको रुपमा भरपर्दो र दिगो तरिकाले स्वास्थ्य केन्द्रको रुपमा विकास हुन नसकेको अवस्था छ । आयुर्वेद चिकित्सा पद्धती हाम्रो सभ्यता,संस्कृति एवं जीवनका परम साध्य धर्म, अर्थ, काम,मोक्षसँग सान्निध्य राख्ने पद्धती हो । मानव लगायत सम्पुर्ण प्राणीको स्वास्थ्यको सम्वद्र्धन एवं रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने विद्या भनेको आयुर्र्वेद हो भनेर उल्लेख गरिएको पाइन्छ ।

      आयुर्वेद मानव मात्रको स्वास्थ्यको सम्बद्र्धन लागि नभइ अन्य प्राणीहरुको लागि पनि अश्वायुर्वेद,हस्त्यायुर्वेद,वृक्षायुर्वेदको रुपमा रहेको पाइन्छ । त्यस्तै काय चिकित्सा, शल्य चिकित्सा, शालाक्य, कौमारभृत्य चिकित्सा,रसायन, बाजीकरण चिकित्सा, भूतविद्या, अगदतन्त्र चिकित्सा पहिले देखि प्रसिद्ध आठ अंगहरु सहित अहिले द्रव्यगुण, रसशास्त्र, भैषज्यकल्पना आदि उप अंगहरुको विकास हुर्दै आएको पाइन्छ । प्राचिन मुख्य चार वेद सम्पुर्णमा आयुर्वेद चिकित्सा उल्लेख रहेतापनि अथर्ववेदको उप–वेदको रुपमा आयुर्वेदको उपवेद हुँदै विकास भएको मानिन्छ । वेद पछि उपनिषदहरु,पुराण आदि ग्रन्थहरुमा पनि आयुर्वेदको सामाग्री पाइन्छ । उपनिषदहरु मध्ये अग्नि पुराणमा, गरुड पुराणमा आयुर्वेदको वर्णन विशेष रुपमा पाइन्छ । आयुर्वेद अनुसार मानव शरिरमा वात,पित,कफ तिन दोषहरु रहेका हुन्छन् । आयुर्वेद ग्रन्थ विशेषगरी सुश्रुत संहितामा शल्य क्रियाको तथा कायचिकित्सा चरक संहितामा उल्लेख गरिएको छ । जुन जुन उपाय गर्नाले मनुष्य स्वास्थ्य सिद्ध गर्छ, त्यो उपाय दिनचर्या शिर्षकमा उल्लेख भएको छ । सो दिन चर्या,ऋतुचर्या पालना आयुर्वेदकर्मी ( वैद्य,कविराज, चिकित्सक) ले बताए अनुरुप गरे पुरुष दीर्घ निरोगी रहने निश्चित छ । नेपालको सन्दर्भमा एलोप्याथी,आयुर्वेद,आम्ची, होमियोप्याथी,न्याचुरोप्याथी,युनानी आदि चिकित्सा पद्धती अभ्यास भएपनि आयुर्वेद चिकित्सा पद्धती नेपालको मौलिक र लोकप्रिय पद्धती हो ।
      आयुर्वेद उपचार पद्धतिमा आम रुपमा जनविश्वास जगाउने र जागरण ल्याउन कमि भएको अनुभव गरिन्छ । दैनिक नेपाली समाजमा आयुर्वेदिक चिकित्सा पद्धतिको बारेमा विश्वव्यापी रुपमा बढदै गएको भनेर प्रचार गरिन्छ तर राज्य तहबाट लगानी र प्राथमिकतामा कम ध्यान पुगेको यर्थाथता छ । नसर्ने रोगको जनसख्यां बढ्दै गइरहेको परिप्रेक्ष्यमा सरकारलाई भावी नीति तथा कार्यक्रम बनाउनको लागि भावी दिनमा उच्च तहबाट अध्ययन र अनुसन्धान हुन आवश्यक छ ।

      आयुर्वेद चिकित्सा पद्धतीको कानुनी प्रावधान

      नेपालमा आयुर्वेद चिकित्सा प्रणालीको लागि नेपालको संविधान २०७२ भाग ३ मौलिक हक र कर्तव्य भित्र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक व्यवस्था गरिएको छ । मौलिक हक अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन । प्रत्येक त्यक्तिलाई आफनो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने छ । प्रत्येक नागरीकलाई स्वास्थ्य सेवामा समान पुहँचको हक हुनेछ । प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ । त्यसै गरी नेपालको संविधानको राज्यका नीतिहरु मध्ये नागरिकका आधारभुत आवश्यकता सम्बन्धी नीतिमा गुणस्तरीय सेवामा सबैको सहज,सुलभ र समान पहुँच सुनिश्चित गर्ने, नेपालको परम्परागत चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेदिक प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतीको संरक्षण र प्रवद्र्धन गर्ने रहेको छ । आयुर्वेद सम्बन्धी मौलिक हकमा जनतालाई आयुर्वेद संस्थाबाट पुर्व पञ्चकर्म (स्नेहन,स्वेदन) देनिक योग तथा स्तनपायी आमालाई दुग्धबर्धक शतावरी चुर्ण वितरण निःशुल्क प्रदान हुनुपर्छ ।
      त्यसैगरी स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिदै स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको संख्या वृद्धि गर्दै जाने नीति रहेको छ । संघ,प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा स्थानीय तहमा स्वास्थ्यमा आधारभुत स्वास्थ्य र सरसफाइ स्वास्थ्य सेवा उपलब्ध गराउने तोकिएको छ । संघको अधिकारको सूचीमा स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अपस्ताल, पराम्परागत उपचारसेवा,सरुवा रोग नियन्त्रण सम्बन्धी रहेको छ । प्रदेशको अधिकार सूचीमा चिकित्सा, आयुवेर्द चिकित्सा र अन्य सेवा भनी तोकिएको छ ।

      सोह्रौ योजना आर्थिक वर्ष २०८२÷०८३ – ०८५÷८६ मा स्वस्थ,शिक्षित र सीपयुक्त मानव पुँजी निर्माणमा मुख्य सवाल तथा चुनौतीहरु मध्ये भौतिक पूर्वाधार, प्रविधि तथा सामग्रीको व्यवस्था गर्नु, देशको विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र आपुर्ति सुनिश्चित गर्नु, समतामूलक र समावेशी व्यवस्थापन तथा पहुँच सुनिश्चित गर्नु, तहगत तथा क्षेत्रगत समन्वय र नियमनलाई प्रभावकारी बनाउनु, विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रदायक संस्थाहरुलाई प्रभावकारी बनाउनु, स्वास्थ्य विमालाई प्रभावकारी बनाउनु, मानव पुँजी निर्माणमा संलग्न सेवा प्रदायकलाई दक्षतायुक्त बनाउनु, महामरी र विपद्लाई उचित व्यवस्थापन गर्न प्रदेशस्तरसम्म स्थायी संयन्त्रको विकास गर्नु रहेको छ । स्वास्थ्य तथा जनसख्याको रुपान्तरणकारी रणनीतिमा आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य विमा प्रणालीलाई पुनःसरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम प्रविधिकरण गर्ने, गुणस्तरीय,भरपर्दो तथा एकिकृत स्वास्थ्य प्रणालीको विकास गर्ने,स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने,बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवबलम्बन गर्ने, अध्ययन,अनुसन्धान तथा तथ्यमा आधारीत स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने आदि रहेको छ । साथै आधुनिक, आयुर्वेदिक, प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य सेवा प्रणालीको विकास र विस्तार गर्दै एकिकृत स्वास्थ्य प्रणाली अवलम्बन गर्ने रहेको छ । सथौ न्युनतम रुपमा अस्पतालको स्तरोन्नती गरी न्युनतम विशेषज्ञ सेवा उपलब्ध गराउने रहेको छ । साथै आधारभुत र सामुदायिक स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रममा सामुदायिक स्वास्थ्य प्रणालीलाई थप क्रियाशिल बनाउँदै वडास्तरमा नागरीक आरोग्य समुह गठन गरी स्वस्थ जीवनशैली,योग अभ्यास मार्फत जनस्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालन गर्ने रहेको छ । मेरो स्वास्थ्य,मेरो जिम्मेवारी अभियानलाई समुदायसम्म लैजाने,स्वास्थ्य पर्यटन प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नका लागि जोड दिएको पाइन्छ । अन्तराष्ट्रिय स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रममा सरकारी,निजी तथा सामुदायिक क्षेत्रको सक्रियतामा उच्च गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक, आयुर्वेदिक, प्राकृतिक तथा वैकल्पीक चिकित्सा प्रणाली सहितको एकीकृत स्वास्थ्य प्रणाली,पर्यावरणीय सौन्दर्यतामा आधारीत दिगो स्वास्थ्य प्रवद्र्धन तथा अन्तराष्ट्रिय स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने रहेको छ ।

      गण्डकी प्रदेश तथा नीति आयोगको द्रोश्रो पञ्र्वीय योजना (२०८१÷०८२–२०८५÷८६) मा सर्वसुलभ स्वास्थ्य तथा जनसाङख्यिक लाभ शिर्षकमा व्याख्या विश्लेषण गरिएको छ । आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशबासी भन्ने लोगोको आधारमा स्वस्थ्य तथा उत्पादनशील जनशक्ति तयार गर्न गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पुहँच सुनिश्चित गर्नु राज्यको दायित्व रहेको छ । स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा नवीनता तथा चुस्तता कायम गरी सामाजिक न्यायको आधारमा समतामुलक स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त लगानीको आवश्यकता रहेको छ । जनस्वास्थ्य तथा पोषणमा गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच कायम गर्नु, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण गर्नु, स्वास्थ्य क्षेत्रको जनशक्ति विकास गर्नु, स्वास्थ्य क्षेत्रको संरचनागत र व्यवस्थापकीय सुधार गर्नु, गुणस्तरीय आधारभुत एवं विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने, स्वास्थ्यका बृहत निर्धारक तत्वको सम्बोधन गर्ने, व्यायाम, योग र ध्यानको प्रवद्र्धन तथा आयुर्वेद एवम् बैकल्पिक चिकित्सा पद्धतीको विस्तार, स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउने, स्वास्थ्य क्षेत्रमा दिगो लगानी तथा सामाजिक सुरक्षा प्रवद्र्धन गर्ने, पोषणमैत्री जीवनशैली मार्फत जनस्वास्थ्य प्रवद्र्धन गर्ने गरी तोकिएको छ । गण्डकी प्रदेश तथा नीति आयोगको रणनीतिमा सबै नीतिमा स्वास्थ्यको अवधारणा समेटदै योग तथा ध्यानलाई नागरिकको दैनिक बनाउन विद्यार्थी,कर्मचारी लगायत आम नागरिकलाई योग ध्यान बारेमा प्रशिक्षित गरिने छ । सामुदायिक योग केन्द्र एवम् खुल्ला व्यायामशालाको निर्माण तथा विस्तार गरिने छ । शरिर शुद्धिकरणका लागि पंचकर्म,योग एवम् अभ्यङकर्ता(मालिस), स्नेहन ( शिरोधारा),स्वेदन – औषधीय वाफ,सौना) र प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने गरी केन्द्रको विकास गरिने छ भनी उल्लेख गरिएको छ ।

      त्यसैगरी गण्डकी प्रदेश तथा नीति आयोगको दोश्रो पञ्र्वीयमा जनसख्या तथा बसाइँसराइ व्यवस्थापनमा प्राकृतिक मनोरम तथा सुविधायुक्त बस्ती गाऊँमै बसौ भन्ने रणनीतिका साथ आयुर्वेद,योग तथा वैकल्पिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, आयुर्वेद चिकित्सा सेवा विस्तार तथा विकास, सामुदायिक योग तथा व्यावसायिक योग कार्यक्रम, आयुर्वेद स्वास्थ्य संस्था स्तरोन्नती, एक स्थानीय तह एक आयुर्वेद सेवा कार्यक्रम,प्रादेशिक आयुर्वेद औषधी उत्पादन कार्यक्रम, स्वास्थ्य प्रवद्र्धनका लागि जिम्मेवार नागरीक कार्यक्रम,स्वस्थ जीवनशैली तथा स्वस्थ नागरिक अभियान, नागरिक आरोग्यता कार्यक्रम, हिलिङ्ग सेण्टर, योग केन्द्र तथा खुल्ला व्यायामशाला स्थापना गर्ने लिपिबद्ध गरेको छ ।

      जनस्वास्थ्य सेवा ऐन,२०७५ अनुसार जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा स्वास्थ्य सेवा भनेको आधुनिक चिकिस्सा ( एलोप्पाथी ), आयुर्वेद चिकित्सा,होमिप्याथी, युनानी,प्राकृतिक चिकित्सा,अकुञ्चर,आम्ची चिकित्सा पद्धतीमा आधारित भई प्रदान गरिने प्रतिकारात्मक, प्रवद्र्धनात्मक, निदानात्मक,उपचारात्मक,पुनस्थापर्नात्मक, प्रशामक (पालिएटिभ) सेवा सम्झनुपर्दछ भनी उल्लेख गरिएको छ ।

      नेपालमा आयुर्वेद स्वास्थ्यको सन्दर्भ

      नेपालमा प्राचिनकाल देखि आयुर्वेद उपचारलाई प्राथमिकता तथा मुख्य उपचार पद्धतीका रुपमा प्रयोग गरिएको उल्लेख छ । केही दशक यता एलोप्याथी उपचार पद्धतीको तीव्र विकास क्रमले गर्दा अहिले आयुर्वेद चिकित्सा पूरक चिकित्साका रुपमा जनमानसमा प्रचलित भएको छ । नेपाल सरकार स्तरबाट जनशक्ति उत्पादन हेतु वैद्य, कविराज अध्यापनका लागि र चिकित्सक अभिविशेषज्ञ उत्पादनसम्मको सम्बन्धन दिएको छ । राज्यले पालिका स्तरमा नागरिक आरोग्य केन्द्र स्थापना गरि अस्थायी वैद्य दरबन्दी सृजना गरेको छ । गाउँपालिका स्तरमा कविराज एक स्थायी, बैद्य एक स्थायी,कार्यालय सहयोग एक र औषधी कुटुवा एक गरी आयुर्वेद औषधालय सञ्चालनमा छ । जिल्ला स्तरमा औषधालय दरबन्दीमै थप एक आयुर्वेद चिकित्सक रहने गरी अस्पताल तथा चिकित्सालय सञ्चालनमा छ । प्रदेश स्तरका अस्पतालमा विशेषज्ञ सेवा अस्थायी दरबन्दी सृजना गरी चिकित्सालय संरचना दरबन्दी सरह अन्य करारमा थप गरी सञ्चालनमा छ । संघिय स्तरमा विशेषज्ञ स्थायी दरबन्दी सहित आयुुर्वेदका पञ्चकर्म,स्त्री प्रसुती, शल्य,काय,शालाक्य,बाल तथा अकुपन्चर चिकित्सक विशेषज्ञ सहितको दरबन्दीबाट आयुर्वेद सेवा प्रवाह भएको छ । चिकित्सालय स्तरमा भर्ना गरी उपचार सञ्चालनमा रहेको छ । जनमानसमा यस आयुर्वेद पद्धति साइड इफेक्ट बिना विस्तारै तर रोगको जरोबाट हटाउने विश्वास छ । साथै ३५ प्रकारको औषधी सरकारी तवरबाट प्राप्त गर्न सकिन्छ । निजी क्लिनिक तथा अस्पतालहरुमा विशेषज्ञ सेवा सहित सामान्य औषधी किनबेच सम्मको उपचार नेपालमा प्रचलनमा छ । पर्यटकीय हिसाबले विभिन्न रिर्सोटहरुले आयुर्वेद चिकित्सक परामर्श सहित ध्भििलभकक सेवा दिइरहेका छन् ।

      आयुर्वेद स्वास्थ्यमा उपचार पद्धति

      आयुर्वेद अनुसार स्वास्थ्य भनेको शरिरका दोष सम,धातु सन्तुलित र मल निष्कासन उचित मात्रा र समयमा भई मन,आत्मा र इन्द्रियहरु प्रसन्न रहेको हुनुपर्छ । यसैलाई कायम राख्दै दोष,पञ्चमहाभुत सिद्धान्त प्रयोग गरि आयुको गुणस्तर बढाउन रोग शान्त गर्न आयुर्वेद स्वास्थ्यकर्मी चिकित्सा गर्नुहुन्छ । दोष,धातु मल सन्तुलनमा राख्न आहार,विहार,ऋतुचर्या,दिनचर्या, योग पालन गर्नुपर्नेमा जोड दिइन्छ । यसको सँगसँगै केही मात्रामा विकृत भई रोग लागेमा सामान्य औषधीहरु जडीबुटी तथा विभिन्न खनिजबाट निर्मित प्रयोग गरि स्वास्थ्य कायम गरिन्छ । थप अझ विकृत अवस्थामा पञ्चकर्म उपचार अपनाइन्छ । यो सँगसँगै आयुर्वेद चिकित्सा पद्धतिमा शल्य चिकित्सा,कौमाभृत्य,स्त्री प्रसुती, अगद (विष सम्बन्धी) जरा सम्बन्धी विधाहरु रहेका छन् । आयुर्वेद स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरु सामान्य स्नेहन,स्वेदन,नागरिक आरोग्य स्तरमा, औषधालय स्तरमा स्नेहन,स्वेदन बस्ती ९ ीयअब िब्चभब स्थानीक ), स्वास्थ्य केन्द्रमा नस्य,शिरोधारा,पञ्चकर्म, चिकित्सालय स्तरमा शल्य,क्षार सुत्र, अग्नीकर्म, अनुवासन,निरुह बस्ती, शिरोधारा,जलौका इत्यादि उपलब्ध हुन्छ । यी बाहेक विशिष्कृत सेवामा अकुपञ्चर चिकित्सा पद्धतिको सेवा, सौना सेवा कुनै कुनै संस्थामा उपलब्ध हुन्छ । साथै निजी अस्पताल तथा क्लिनिकमा विस्तारित सेवा र सरकारी तवरमा पाइने सम्पुर्ण उपचार प्राप्त गर्न सकिन्छ । दैनिक जसो सरकारी आयुर्वेद संस्थामा निःशुल्क बिहान योग अभ्यास हुन्छ । स्वस्थ जिवन शैली, भान्सा सुधार,स्वर्ण विन्दु प्राशन, स्तनपायी आमालाई सतावरी वितरण, गुद रोग स्क्रिनिग, जेष्ठ नागरीक कार्यक्रम, विद्यालय योग तथा आयुर्वेद शिक्षा,संगठित योग, पथ्य आहार खुवाउने, स्थानीय जडीबुटी सम्बन्धी परिचयात्मक कार्यक्रम जस्ता कार्यक्रम विभिन्न सरकारी आयुर्वेद सस्थाबाट सञ्चालन भइरहेको छ ।

      आयुर्वेद स्वास्थ्यका समस्याका समाधान

      जनता सामु उपचार र सेवा आयुर्वेदिक सेवा पुरयाउनको लागि नागरीक आरोग्य केन्द्र प्रत्येक वडामा कविराज दरबन्दी, प्रत्येक पालिकामा औषधालय स्तरमा र जिल्ला स्तरमा विशेषज्ञ (काय,बाल,स्त्री प्रसुती,शल्य,अकुपन्चर,पञ्चकर्म) हुनु पर्ने गरी स्तरउन्नती ुहुनुपर्ने छ । जडीबुटी उत्पादन, खेती योग्य जमिनमा आयुर्वेद संस्था र नागरिकमा पहुँच हुनुपर्छ । आयुर्वेद मुख्यतया तीन दोष,बात,पित्त र कफमा आधारीत रहेको छ । मानिसको जीवन रक्षा,शारीरिक सन्तुलन,रोगबाट साथै स्वस्थ र खुशी जीवनयापन गर्नु हो । सरकारबाट कममा मात्रा बजेट र नीति मौजुदा सुचीमा पर्नु पक्कै आजको परिवेशमा सुहाउँदो विषय होइन । डिजिटल मिडियाको नजरमा कम महत्व पाएको सन्दर्भमा भोलिका दिनमा पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गर्नु अति महत्वपुर्ण मानिन्छ । संविधान,योजना, प्रादेशिक योजना,आयुर्वेद ऐन र आवधिक बजेटमा उल्लेख भएका प्रावधानहरु समेत सबै नीतिमा स्वास्थ्य भन्ने आधारमा समाधान नवप्रवद्र्धनका हिसाबले गर्नु र आम नागरीकको आँखामा विश्वास र प्रभाव जित्नु नै बाधकहरुको समाधान हो ।

      निष्कर्ष

      आयुर्वेदिक उपचार पद्धति नेपालमा कम महत्वका साथ प्रयोगमा आएको विधाका रुपमा लिइन्छ । नेपाली समाज थुप्रै उपचार मौलिक पद्धतिहरु दिनदिनै हराउँदै गएको अवस्था छ । वैज्ञानिक प्रणाली अनुसारको डिजिटललाइजेशनमा अनुबन्ध गर्न बाँकी रहेको छ । नेपाली जडीबुटीहरु सिन्कीको मुल्यमा विदेशमा लैजाने र महँगो मुल्यमा औषधी बनेर नेपालमा नै भित्रिने विश्वव्यापी सञ्जालहरु निर्माण भएको चर्चा परिचर्चा हुने भएपनि नेपाली आयुर्वेदिक औषधीको जगतमा आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन नसकेको अवस्था छ । अर्कोतिर शहरीया मानिसहरुले खाद्य सामाग्रीहरु भन्दा औषधीजन्य वस्तुहरु खाएर दिर्घायुको कामनामा बाँचिरहेको छ । त्यसखालको विश्लेषणमा आयुर्वेदिक चिकित्सा पद्धतीले चासो राखेर आफु मातहतका कार्यक्रमहरु लैजानुपर्ने आवश्यकता रहेको छ ।सन्दर्भ सामाग्रीहरु
      १ं) नेपालको संविधान,२०७२ 
      २) अनलाइन खबर,२०७५ जेठ १ गते , आयुर्वेद भर्सेस एलोप्याथी ः कुन विश्वसनिय र प्रभावकारी हुन्छ?
      ३) डा. विदुर पराजुली र डा. मान रोकाया , सेतोपाटी अनलाइन, २०७७ असोज१५ गते, आयुर्वेद चिकित्सा प्रणालीमा आधुनिकीरण
      ४) स्वास्थ्य खबर पत्रिका,२०७५ कार्तिक १९ गते, आयुर्वेद चिकिस्सा ः सम्भावना र चुनौती
      ५) नेपालको सोह्रौ योजना आ.व.२०८१।०८२–२०८५।०८६, राष्ट्रिय योजना आयोग,काठमाडौ 
      ६) गण्डकी प्रदेश नीति तथा योजना आयोग,गण्डकी प्रदेश पोखरा नेपाल 
      ७) राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति,२०५२
      ८) होमियोप्याथिक चिकित्सा पद्धति कार्ययोजना २०८१, स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आयुर्वेद तथा बैकल्पीक उपचार विभाग,काठमाडौ
      ९) आयुर्वेद चिकित्सा परिषद ऐन,२०४५
      १०) नेपाल स्वास्थ्य सेवा ऐन,२०५३

      डा.सरोज पन्थी ,आयुर्वेद चिकित्सक
      मालारानी गाउँपालिका ८,अर्घाखाची

      याम बहादुर थापा मगर
      धौलागिरी आयुर्वेद अस्पताल,बागलुङ
      बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर

       

        कमेन्टहरु