अर्थ

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    नवलपुर टुडे
    २०८२ चैत्र २९ | बिहान ११:१२ बजे

      काठमाडौँ । आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ।

      यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भई ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका आधारमा दैनिक रूपमा मूल्य निर्धारण हुँदै आएको महासंघले जनाएको छ।

        कमेन्टहरु