समाचार

    लागूऔषधसहित दुई जना पक्राउ

    रासस
    २०८२ चैत्र २७ | मध्यान्ह १२:१२ बजे

      काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो ।

      यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका–६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ ।

        कमेन्टहरु