देश

    कविता : टुक्का

    जगत ठाडा मगर
    २०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे

      १) अर्काको देश अर्कैको भेष यस्तै छ जिन्दगी
      मेसिन जस्तै जोतिनु पर्छ साहुको बन्दकी ।

      २) जहाज सँगै बोकेर ल्याएँ सपना हजार
      तौलेर यहाँ जिन्दगी बिक्छ मान्छेकै बजार ।

      ३) पसिना बग्छ समुद्र सरि तातो यो खाडीमा
      ईज्जत कहाँ झल्केला प्यारी महंगो साडीमा ।

      ४) गरेर आँट बस्नु पो पर्छ बलियो घरमा
      शिशाको घर कच्चा पो हुन्छ संसार भरमा ।

      ५) सत्ताको लागि कति पो गर्छौ अरण्य रोदन
      जनता सबै बाठा भै सके गाउँ गै सोधन ।

      लेखक : डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

        कमेन्टहरु