देश

    रुसको दाबी : गनीले काबुलबाट भाग्ने क्रममा चारवटा कार र हेलिकप्टरमा ५० लाख डलर भरेर लगे

    जगत ठाडा मगर
    २०७८ भदौ १ | बिहान ०८:०५ बजे

      काठमाडौं । अफगानिस्तानको काबुलमा रहेको रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ ।

      सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथमा चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि केही विमानस्थलमा नै छाडियो । यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो ।

      उक्त रकम करिब ५० लाख डलर रहेको उनीहरूको दाबी छ तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही कुराको दाबी गरेको छ । रासस

        कमेन्टहरु