समाचार

    महाकालीमा बगेर एक जना बेपत्ता

    रासस
    २०८२ चैत्र १८ | मध्यान्ह ०१:१२ बजे

      बैतडी  । महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ ।यसैबिच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदी किनारमा फेला परेको जनाइएको छ ।

        कमेन्टहरु