अपराध

    लुम्बिनीकी प्रदेश सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ

    नवलपुर टुडे
    २०८२ चैत्र १६ | बिहान ०६:१२ बजे

      काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।

      केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ ।

      यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएकाे थियो । प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

       

        कमेन्टहरु