घटना

    नारायणी नदी नजिककाे खाल्टोमा डुबेर दुई किशोरको मृत्यु

    रासस
    २०८२ चैत्र १५ | मध्यान्ह ०६:१२ बजे

      चितवन । नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका– १६ का किशोरद्वय समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो ।

      उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

        कमेन्टहरु