तस्कर, समाचार

    नवलपरासीबाट करिब १२ लाख अबैध हुक्का फ्लेबर बरामद

    नवलपुर टुडे
    २०८२ चैत्र १४ | मध्यान्ह ०२:१२ बजे

      परासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल ल्याईएको हुक्का फ्लेबर नियन्त्रणमा लिईएको छ । सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भैरहेको आरोप खेपिरहेको बेलामा सशस्त्र प्रहरीले करिब १२ लाख मूल्य बराबरको हुक्का फ्लेवर नियन्त्रणमा लिएका हुन ।

      सो हुक्का फ्लेबर सुस्ता गाउँपालिका–५, तरैनीस्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपी बलिनगरबाट खटिएको टोली नियन्त्रणमा लिएको हो । सप्रनानि सत्यनारायण यादवको कमाण्डमा खटिएको टोलीले मोबाइल गस्तीका क्रममा २४ कार्टुन(५९५०) पिस हुक्का फ्लेबर बरामद गरिएको हो ।

      सोको मूल्य नेपाली बजारमा करिब रु. ११,९०,००० (एघार लाख नब्बे हजार) पर्नेछ । बरामद सामानसहित तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको डीएसपी प्रमोद खड्काले नवलपुर टुडेलाई जानकारी दिएको छ । बरामद सामानसहित मोटरसाइकललाई कानुनी प्रक्रिया पूरा गरी महेशपुर भन्सार कार्यालयमा दाहिला गरेको खड्काले बताए ।

        कमेन्टहरु