बाढी/पहिरो

    कालिकोटमा पहिरोले सडक अवरुद्ध

    नवलपुर टुडे
    २०८२ चैत्र १३ | मध्यान्ह ०७:१२ बजे

      कालिकोट । कर्णाली करिडोरको कालीकोटस्थित तोलिभिडको तीन स्थानमा पहिरोले सडक अबरुद्ध भएको छ । पहिरोले ३०० भन्दा बढी यात्रु तीन घण्टादेखि रोकिएका चंखेली–४ का वडाध्यक्ष पदम शाहीले जानकारी दिए।

      यात्रु र नेपाली सेनाको टोली सडक खुलाउने प्रयास गरिरहेको भए पनि सम्भव भएको छैन । जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ का ९५ जना जेष्ठ नागरिक पनि पहिरोले अलपत्र परेका छन्। उनीहरू भारतको बनारस जाने क्रममा पहिरोले सडक अवरुद्ध भएपछि अलपत्र परेका हुन्।

        कमेन्टहरु