देश

    चितवनका तीन कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत

    जगत ठाडा मगर
    २०७७ अशोज ३० | मध्यान्ह ०६:०६ बजे

      कृषि ज्ञान केन्द्र चितवनले चितवनका तीन जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो ।

      उत्कृष्ट कृषक पुरस्कारबाट भरतपुर महानगरपालिका २५ स्थित नोवेल एग्रिकल्र्चर र्फमका संचालक कृष्ण प्रसाद न्यौपाने, इच्छाकामना गाँउपालिका ५ स्थित एकिकृत सुन्दर कृषि फर्मका संचालक रामप्रसाद जैसी बोहोरा र खैरहनी नगरपालिका १२ कुमरोज स्थित लालीगुराँस सहकारीका प्रतिनिधि कृष्ण भण्डारी पुरस्कृत हुनुभएको छ ।

      उहाँहरुलाई जनही १०/१० हजार रुपैंया र सम्मानपत्र प्रदान गरिएको छ ।

        कमेन्टहरु