समाचार

    टावर भाँचिएर एफएमको प्रसारण बन्द

    रासस
    २०८२ चैत्र ७ | मध्यान्ह १२:१२ बजे

      हेटौँडा । हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ ।

      गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईंले बताए ।

      प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष चौलागाईंले बताए । भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईंको भनाइ छ ।

        कमेन्टहरु