देश

    जनबोलीको लागी पत्रकारिता तालिम समापन

    जगत ठाडा मगर
    २०७८ साउन ३१ | बिहान ०७:०४ बजे

      सुरेश यादब
      सिरहा,नवलपरासी /साउन ३० । जनबोलीको लागी पत्रकारिता तालिम सम्पन्न भएको छ । सिरहाको लहान नगरपालिका वडा नं ७ स्थित उद्योग बाणिज्य संघको सभाहलमा साउन २८ गतेदेखि मधेश मिडिया मिसनद्वारा थालिएको पत्रकारिता तालिम शनिबार सम्पन्न भएको हाे ।

      IMG 20210815 073800 325

      समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष रिनकु कुमारी दासकाे अध्यक्षता तथा महासंघका पुर्व अध्यक्ष दीनेश्वर प्रशाद गुप्ताकाे प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघका सदस्य विनोद मण्डल, समाजसेवी हरिनारायण मण्डल, नवलपरासीका सञ्चारकर्मी सुरेश यादबकाे आतिथ्यता रहेकाे थियो ।

      IMG 20210815 073757 769

      कार्यक्रमको सञ्चालन भने पत्रकार महासंघ सिराहा शाखाको सचिव शिव दयाल यादवले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उषा कर्णले राख्नुभएकाे थियाे । कार्यक्रमबाट ग्रामीण पत्रकारिता अवधारणा अनुरूप नागरिक अधिकार मञ्चको मो.रहमुल मियाको संयोजकत्वमा समेत गठन गरियो ।

      IMG 20210815 073759 445

      उक्त नागरिक मञ्चको सल्लाहकार समितिमा दिनेशवर प्रशाद गुप्ता, केदारनाथ यादब, राजकुमार राउत र शिवदयाल यादब रहनुभएकाे छ ।

      IMG 20210815 073804 630

        कमेन्टहरु