प्रबास

    मोज्तबा खामेनीले स्थितिलाई पूर्ण रूपमा नियन्त्रण गरिरहेका छन् : इरान

    एजेन्सी
    २०८२ चैत्र १ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको अनि वर्तमान परिस्थितिलाई पूर्ण रूपमा नियन्त्रणमा राखिरहेको बताएका छन् । 

      अराघचीले अरब समाचार माध्यम अलाराबी अलजादीदसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । गत ८ मार्चमा नियुक्त भएपछि मोज्तबा खामेनी सार्वजनिक रूपमा देखा परेका छैनन्  । उनको पहिलो सार्वजनिक सम्बोधन १२ मार्चमा राज्य सञ्चारमाध्यममार्फत प्रसारण गरिएको थियो ।

      तर यो सम्बोधन उनी आफैँले नभएर एक प्रस्तोताले पढेर सुनाएका थिए । विदेशमन्त्री अराघचीले इरानले युद्धको निष्पक्ष अन्त्यतर्फ लैजाने कुनै पनि क्षेत्रीय पहललाई स्वागत गर्ने पनि बताएका छन् ।

      साथै उनले हर्मुज जलडमरु सबैका लागि खुला रहने तर अमेरिकी जहाज र उसका सहयोगी देशका जहाजका लागि भने बन्द रहने बताएका छन् । उनका अनुसार हालसम्म युद्ध अन्त्यका लागि कुनै विशेष पहल औपचारिक रूपमा अघि आएको छैन । 

        कमेन्टहरु