अर्थ

    तोलामा ४८ सयले घट्यो सुनको मूल्य

    नवलपुर टुडे
    २०८२ चैत्र १ | बिहान १०:१२ बजे

      काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । 

      आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो । 

      यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।  शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । 
       

        कमेन्टहरु