समाचार

    लागुऔषधसहित २१ जना पक्राउ

    रासस
    २०८२ फाल्गुन २९ | मध्यान्ह ०१:११ बजे

      काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।

      केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही, र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

      अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

        कमेन्टहरु